२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । उनले पदबाट राजीनामा दिएको केही समयपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोड भएको थियो ।
त्यसअघि नै ओली बालुवाटार छाडेर राजधानीकै बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी ब्यारेकमा गएको खुलेको छ ।
सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट उनी पत्नीसहित शिवपुरी गएका हुन् । उनलाई त्यहाँ सेनाको ब्यारेकमा राखिएको सुरक्षा स्रोतले जनाएको छ।
जेनजी प्रदर्शन नियन्त्रण बाहिर गएपछि उनले मंगलबार दिउँसो प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij