Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

त्रिविको सवाल

त्रिविको नीति अधिवेशनपछि मात्रै डीन नियुक्त गरिने

त्रिविको नीति अधिवेशनपछि मात्रै डीन नियुक्त गरिने


  • 1.4K
    Shares

    त्रिविको नीति अधिवेशनपछि मात्रै डीन नियुक्त गरिने

    काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले डीन र क्याम्पस प्रमुखको नियुक्तिमा ढिलाइ गरेको छ । विभिन्न ८ वटा संकायका डीन र १४ वटा क्याम्पसका क्याम्पस प्रमुखको नियुक्तिमा ढिलाइ गरेको हो ।

    पदाधिकारीहरूबिच भागबन्डा नमिल्दा नियुक्तिमा ढिलाइ भइरहेको आरोप लागेको छ । तर त्रिविका पदाधिकारीहरूले भागबन्डाको आरोप झुटा भएको बताउँदै आएका छन् ।  भागबन्डाका कारण नियुक्तिमा ढिलाइ भएको आरोप लागिरहेका बेला त्रिविले भने मंसिर २७ गते तोकिएको नीति अधिवेशनपछि मात्रै हुने प्रस्ट पारेको छ ।

    त्रिवि प्रवक्ता तथा त्रिवि कार्यकारी परिषद्को सचिवालयका प्रमुख एमान सिंह बोहराले नीति अधिवेशनपछि मात्रै नियुक्ति हुने बताए । बाहिर हल्ला आएजस्तो पदाधिकारीहरूबिच कुनै खालको विवाद नभएको उनको भनाइ छ ।

    उपकुलपति प्राडा केशरजंग बराल र अन्य पदाधिकारीहरूबिच भागबन्डा नमिल्दा डीन र क्याम्पस प्रमुखको नियुक्ति हुन नसकेको कुरा बाहिरिएको छ । जसले गर्दा अहिले प्रमुख सत्तारूढ दल नेकपा एमाले र माओवादी केन्द्रका नेताहरू आमनेसामने भएका छन् ।

    उपकुलपतिले भागबन्डा मिलाउन नियुक्ति गर्न ढिलाइ गरिरहेको एमाले नेताहरूले आरोप लगाएका छन् । तर, माओवादी नेताहरूले भने उपकुलपति बरालको बचाउ गर्दै आएका छन् । 

    प्रकाशित मिति :मंसिर २५ २०८१ मंगलवार - १४:१९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij