Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

त्रिविले गर्‍यो सम्बन्धित क्याम्पसबाटै मार्कसिट प्रिन्ट गर्न सकिने व्यवस्था

त्रिविले गर्‍यो सम्बन्धित क्याम्पसबाटै मार्कसिट प्रिन्ट गर्न सकिने व्यवस्था


  • 1.2K
    Shares

    त्रिविले गर्‍यो सम्बन्धित क्याम्पसबाटै मार्कसिट प्रिन्ट गर्न सकिने व्यवस्था

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मार्कसिट सम्बन्धित क्याम्पसबाटै प्रिन्ट गर्ने व्यवस्था मिलाएको छ । प्रवाह गर्ने सेवालाई क्रमशः विकेन्द्रीकरण गर्दै लैजाने अवधारणा अनुरूप मार्कसीटहरू सम्बन्धित क्याम्पसबाटै प्रिन्ट गर्न सकिने व्यवस्था मिलाएको हो ।

    हाललाई २०८० सालमा सञ्चालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीहरूको प्रकाशित नतिजाको मार्कसिट डिजिटल सिग्नेचरसहित सम्बन्धित क्याम्पसबाट प्रिन्ट गरिने व्यवस्था मिलाएको हो ।

    मंसिर १९ गतेदेखि सम्बन्धित क्याम्पसले आफ्नो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको मार्कसिट क्याम्पसलाई उपलब्ध गराइएको पोर्टलको रिजल्ट मेनु छनोट गरी मार्कसिट विकल्पमा गएर प्रिन्ट गर्न गरेर विद्यार्थीलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।

    सम्बन्धित विद्यार्थीहरूले आफ्नो नतिजा सम्बन्धित क्याम्पसबाट पनि जानकारी लिन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    कार्यालयले यसअघि क्षेत्रीय कार्यालयहरूबाटै कापी परीक्षणको व्यवस्था मिलाएको थियो । क्षेत्रीय कार्यालयहरूबाट कापी परीक्षण गर्ने र त्यसको नतिजा कार्यालयमा पठाउने व्यवस्था मिलाएसँगै नतिजा प्रकाशन सहज बन्दै गएको छ । त्रिविले हाल परीक्षा सम्पन्न भएको ९० दिनभित्रमा नतिजा प्रकाशन गरिसक्ने नीति ल्याएको छ । 

    notice-tu-result_YxVUsqCHn7.webp

     

    प्रकाशित मिति :मंसिर १९ २०८१ बुधवार - ११:११:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij