२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७ औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका छन्। पीसीएल र बीएस्सी नर्सिङको छुट्टा छुट्टै नतिजालाई जोडेर हेर्दा ४० प्रतिशत उत्तीर्ण भएको पाइएको हो।
परिषद्का रजिस्ट्रार शुक्ला खनालका अनुसार परीक्षामा सहभागी हुनका लागि पीसीएल नर्सिङ तर्फ ९८३ जनाले फारम भरे पनि परीक्षाका बेला २८ जना अनुपस्थित थिए। उनले पीसीएल नर्सिङ तर्फ ९५५ जना परीक्षामा सहभागी भएकोमा ३३१ जना ९३४.६(प्रतिशत) उत्तीर्ण भएको बताइन्। यस्तै बीएस्सी तर्फ कुल २९८ जनाले परीक्षाका लागि फारम भरे पनि ४ जना अनुपस्थित थिए।
बीएस्सीमा कुल २९४ जनाले परीक्षा दिएकोमा १६९ जना (५७.४८ प्रतिशत) उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी पीसीएल र बीएस्सीका कुल जोड्दा १ हजार २४९ जना भएका थिए भने उत्तीर्ण सङ्ख्या ५०० जना (४० प्रतिशत)रहेको छ। परिषद्ले परीक्षामा उत्तीर्णहरूलाई २५ कात्तिक देखि प्रमाणपत्र उपलब्ध गराइने जनाएको छ।
प्रमाणपत्रका लागि त्यसअघि नै अनलाइन (खल्ती) एपबाट १२०० रुपैयाँ भुक्तानी गरी आवेदन गर्न सकिने उल्लेख गरेको छ। पुनर्योगमा जानेहरूका लागि भने ३५ दिन अवधि रहेको समेत उल्लेख गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij