Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुल्यो

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुल्यो


  • 2.9K
    Shares

    कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुल्यो

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले रजिस्ट्रेसन आवेदन (विषय दर्ता) फाराम भर्न सूचना जारी गरेको छ ।

    शैक्षिक सत्र २०८१/८२ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन (विषय दर्ता) फाराम प्रविष्टि, रकम दाखिला एवं फाराम बुझ्ने÷बुझाउने जानकारीका लागि सूचना जारी गरेको हो ।

    विद्यार्थीले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा परीक्षामा न्यूनतम १.६ जिपिए प्राप्त गर्ने विद्यार्थीहरूले कक्षा ११ मा अध्ययन गर्न पाउने हुँदा सोही बमोजिम भर्नाका आधारलाई पालना गरी रजिस्ट्रेसन आवेदन फाराम भर्नुपर्ने, रजिस्ट्रेसन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडसिटको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।

    त्यसैगरी रजिस्ट्रेसन आवेदन फाराम वापत बोर्डमा वुझाउनुपर्ने रकम यही कात्तिक १५ गतेसम्म विलम्ब शुल्क रहित (प्रति विद्यार्थी रु. ४००/–) बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने र सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीहरूको हकमा यही कात्तिक ३० गते भित्र विलम्ब शुल्क सहित (प्रति विद्यार्थी रु.८००) का दरले हुन आउने रकम दाखिला गरी मङ्सिर ७ गतेभित्र सम्बन्धित विद्यालयहरूले बैंक भौचर र रजिस्ट्रेसन आवेदन फाराम बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्नेछ ।

    प्रकाशित मिति :कार्तिक ५ २०८१ सोमवार - १०:३७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij