Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कक्षा १२ को मौका परीक्षाको नतिजा

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, २ जनाको परीक्षाफल स्थगित

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, २ जनाको परीक्षाफल स्थगित


  • 3.1K
    Shares

    कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, २ जनाको परीक्षाफल स्थगित

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

    प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । अर्थात ७०.६० प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । एक लाख २२ हजार १७१ विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए । तीमध्ये दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने २ जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ ।

    कक्षा १२ को मौका परीक्षामा सहभागी भई प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले ७ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ ।

    पूरक परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग गर्न चाहने परीक्षार्थीले १५ दिनभित्र आवेदन दिनुपर्ने जनाइएको छ । त्यसरी आवेदन दिँदा प्रति विषय ५०० रुपैयाँ दस्तुर लाग्ने बोर्डले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ४ २०८१ आइतवार - १०:३५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij