Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

४३ वर्षीया आतिशी बनिन् दिल्लीको मुख्यमन्त्री

४३ वर्षीया आतिशी बनिन् दिल्लीको मुख्यमन्त्री


  • 2.6K
    Shares

    ४३ वर्षीया आतिशी बनिन् दिल्लीको मुख्यमन्त्री
    images

    एजेन्सी । भारतमा नयाँदिल्लीको मुख्यमन्त्री आतिशी मार्लेना बनेकी छन् । शनिबार उनले उपराज्यपाल भिके सक्सेना समक्ष पद तथा गोपनियताको शपथ गुरहण गरेकी हुन् ।

    आम आदमी पार्टीको नेता आतिशीअरबिन्द केजरीवालको विश्वास पात्र मानिन्छिन् । आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले जेलबाट धरौटीमा रिहा भए पनि आफू आरोपबाट मुक्त भएपछि मात्रै निर्वाचनमा भाग लिने भन्दै राजीनामा दिएपछि आतिशीलाई अगाडि सारिएको थियो ।

    यससँगै उनी दिल्लीमा तेस्रो महिला मुख्यमन्त्री समेत बनेकी छन् । पहिले सुश्मा स्वराज र शिला दीक्षित मुख्यमन्त्री बनिसकेका थिए । ४३ वर्षीया आतिशी भने जम्मा ४ महिनाका लागि मुख्यमन्त्री बनेकी हुन् । र उनले मन्त्रिपरिषद पनि चयन गरिसकेकी छन् ।

    त्यसपछि फेब्रीअरीमा विधानसभाको निर्वाचन गरिनेछ । उक्त निर्वाचनमा केजरीवाल फेरि भाग लिने बताइएको छ ।

    प्रकाशित मिति :आश्विन ६ २०८१ आइतवार - ०४:२५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij