Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

गोरखामा कार र मोटरसाईकल दुर्घटना

गोरखामा कार र मोटरसाईकल दुर्घटना


  • 953
    Shares

    गोरखामा कार र मोटरसाईकल दुर्घटना
    images

    गोरखा । गोरखा सदरमुकाममा कार र मोटरसाईकल दुर्घटनामा परेको छ । शनिबार दिउसो दुर्घटनामा मोटरसाईकल चालक चितवन भरतपुरका अशोक अधिकारी घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

    गोरखा नगरपालिका–६ को बिसौनी मोडमा बसपार्कबाट हरमटारी तर्फ आउदै गरेको बा.प्र. ०१–०२८ नम्बरको कार र हरमटारीबाट बसपार्क तर्फ जादै गरेको ग.प्र.०४–००१ प १४९९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएको हो ।

    दुर्घटनामा चितवन जिल्ला भरतपुर महानगरपालिका–४ का अधिकारीलाई दाईने हातमा चोट लागेको छ भने सोही मोटरसाईकलमा सवार १ जना महिला सामान्य घाईते भएको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

    दिउसो १ः३० बजे भएको उक्त दुर्घटनामा मोटरसाईकलले ओभरटेक गरेर जाने क्रममा बिपरीत दिसाबाट आएको कारलाई ठक्कर दिदा कार र मोटरसाईकल दुवैमा क्षति पुगेको छ । दुवै सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :पौष ५ २०८२ शनिवार - २०:५८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij