२०८२ भाद्र २५ गते बुधवार
आतिशीले यही सेप्टेम्बर २१ (शनिबार) मा दिल्लीको मुख्यमन्त्रीको शपथ खाने भएकी छन् ।
आम आदमी पार्टीले यसअघि उक्त दिन आतिशीले मात्र शपथ खाने निर्णय गरेको थियो। तर पछि बाँकी मन्त्रीलाई पनि सोही दिन शपथ खुवाउन निर्णय भएको थियो ।
आतिशी यही सेप्टेम्बर १७ का दिन आम आदमी पार्टीको विधायक दलको नेतामा चुनिएकी थिइन् ।
मुख्यमन्त्रीका लागि अरविन्द केजरीवालले नै उनको नाम प्रस्ताव गरेका थिए । बाँकी विधायकले पनि उनलाई समर्थन गरेका थिए ।
यसअघि तिहाड जेलबाट बाहिर आएपछि अरविन्द केजरीवालले सेप्टेम्बर १५ मा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्रीबाट राजीनामाको घोषणा गरेका थिए ।
आतिशी दिल्लीको मुख्यमन्त्रीको कुर्सी सम्हाल्ने तेस्रो महिला बनेकी छन् । यसअघि भाजपाकी सुष्मा स्वराज र कांग्रेसकी शीला दीक्षित दिल्लीको मुख्यमन्त्री भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij