Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

दिल्लीको नयाँ मुख्यमन्त्रीमा आतिशी

दिल्लीको नयाँ मुख्यमन्त्रीमा आतिशी


  • 2.2K
    Shares

    दिल्लीको नयाँ मुख्यमन्त्रीमा आतिशी
    images

    काठमाडौं । भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी छन् । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो ।

    आजतकका अनुसार आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका केजरीवलले आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन् ।

    कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । उनले आजै अपराहन्न राजीनामा दिने बताइएको छ ।

    ४३ बर्षिय आतिशी हालको दिल्ली सरकारमा शिक्षा मन्त्री रहेकी छन् । उनलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ । केजरीवालसहितका शिर्ष नेताहरु जेलमा हुदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस उनलाई दिने गरिन्छ ।

     
     

    प्रकाशित मिति :आश्विन १ २०८१ मंगलवार - १६:१९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij