२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण आयोजक विजय कृष्णमुर्तिले सार्वजनिक गरेका छन् । कोटीहोम सकिएको झण्डै दुई महिनापछि आय व्यय विवरण सार्वजनिक गर्दै उनले घाटाको हिसाब देखाएका हुन् ।
कृष्णमुर्तिका अनुसार कोटीहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो । यस्तै, कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दावी गरेका छन् ।
महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो रकम आयो भने बचत हुने कृष्णमुर्तिले बताए ।
उनले दिएको विवरण अनुसार नगद रसिदबाट १७ करो ४६ लाख ३७७ रुपैयाँ संकलन भएको थियो भने क्यूआर पेपेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ उठेको थियो । दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ प्राप्त भएको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij