Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

इन्द्रजात्राकाे अक्षयकोष ५ बाट १५ करोड बनाउन पहल गर्ने छु: मन्त्री पाण्डे

इन्द्रजात्राकाे अक्षयकोष ५ बाट १५ करोड बनाउन पहल गर्ने छु: मन्त्री पाण्डे


  • 1.8K
    Shares

    इन्द्रजात्राकाे अक्षयकोष ५ बाट १५ करोड बनाउन पहल गर्ने छु: मन्त्री पाण्डे
    images

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् ।

    सोमबार इन्द्रजात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

    त्यसै गरि मन्त्री पाण्डेले इन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाएका छन् । उनले इन्द्रजात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीन वटै तहका सरकारको समन्वय गर्न मन्त्रालय तयार रहेको बताए ।

    उनले जात्राको अवसरमा विगतमा देखिएका कमीकमजोरीहरू सच्याएर भव्य, सभ्य रूपमा सफल पार्नका लागि आव्हान गरे । इन्द्रजात्रा आगामी असोज एक गते मनाइने भएको छ।

    प्रकाशित मिति :भाद्र २४ २०८१ सोमवार - १५:५३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij