Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

समाचार

नेपालमा साढे ३९ करोडको सारी बिक्री

नेपालमा साढे ३९ करोडको सारी बिक्री


  • 2.2K
    Shares

    नेपालमा साढे ३९ करोडको सारी बिक्री
    images

    काठमाडौं । नेपालमा एक महिनाको अवधिमा ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँको सारी र धोती भित्रिएको छ । भन्सार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना साउनमा उक्त मूल्य बराबरको सारी तथा धोती नेपालले विभिन्न देशबाट आयात गरेको हो ।

    गत साउन महिनामा नौ लाख २४ हजार ९५४ थान सारी तथा धोती नेपालमा भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
    साउनमा ११ करोड ३३ लाख ६८ हजार रुपैयाँको कटनको सारी तथा धोती र २८ करोड २९ लाख ६ हजार रुपैयाँको फाइबरको सारी तथा धोती नेपालले आयात गरेको छ ।

    नेपालमा सारी तथा धोती चीन, भारत, इन्डोनेसिया, बेलायत र अमेरिकाबाट आउने गरेको छ । गत साउन महिनामा भारतबाट मात्र नेपालमा ३९ करोड १६ लाख २४ हजार रुपैयाँको सारी तथा धोती नेपाल भित्रिएको देखिन्छ । 

    गत आर्थिक वर्ष २०८०–८१ मा नेपालले तीन अर्ब ५१ करोड १७ लाख ३१ हजार रुपैयाँको सारी तथा धोती आयात गरेको थियो । २०८० को साउन महिनामा नेपालले २७ करोड ५९ लाख ९५ हजार रुपैयाँको सारी तथा धोती आयात गरेको थियो । 

    अघिल्लो वर्षको साउनमा भन्दा यस वर्षको साउनमा १२ करोड रुपैयाँभन्दा बढीको सारी तथा धोती नेपालमा भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ । 

    प्रकाशित मिति :भाद्र २१ २०८१ शुक्रवार - १४:२४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij