२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नेकपा एमालेमा केपी शर्मा अोली र माधव नेपाल समूहबीचको विवाद उत्कर्षमा पुगेको छ ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेता नेपालसहित चार जना नेताहरुलाई ६ महिनाका लागि निलम्बन गरेपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेको हो । अहिले दुवै समूहका नेताहरु एकअर्कामाथि घोचपेचमा उत्रिएका छन् ।
यसै क्रममा शुक्रबार बिहानै ओली पक्षका नेता शंकर पोखरेलले माधव नेपालविरुद्ध नवौं महाधिवेशनमा अध्यक्ष पदमा हारेको तोड अहिले परेको भनेर कटाक्ष गरे भने लगत्तै नेपाल पक्षका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले त्यसको प्रतिवाद गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता शंकर पोखरेलले ट्विट गरेका छन्, ‘बुटवल अधिवेशनबाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा बस्ने विधान बनाइयो । तर नवौं अधिवेशनमा माधव कमरेड आफैं चौथो कार्यकालका लागि उमेदवार बन्नुभो र चुनाव हार्नुभो । आज एमालेभित्रको अन्तरसंघर्षमा त्यही हारको तोडले काम गरेको छ ।’
यसै विषयमा डा. विजय पौडेलले पोखरेललाई ट्विटरमै यसरी जवाफ दिएका छन्, ‘यिनै कुरा बैठकमा राखेर छलफल गर्न किन नचाहेको नि ? बैठकबाट किन भागेको ? बैठकभन्दा बाहिर आफू अनुकुल निर्णय भए बैठकमा जाने नत्र बैठकमै नजाने प्रवृति जिम्मेवार छैन र ? अनि २ जेष्ठ २०७५ मा फर्केर एकता गर्न किन नहुने ? षड्यन्त्रले काम गर्दैन मित्र ।’

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij