२०८२ भाद्र २५ गते बुधवार
काठमाडौँ । विवाह गर्न अस्वीकार गरेपछि २६ वर्षीया युवतीले आफ्नो प्रेमीको गोप्य भाग (गुप्तांग) काटिदिएकी छन् । प्रेमीले विवाह गर्न अस्वीकार गरेपछि ती युवतीले चक्कु प्रयोग गरी गोप्य अंग काटिदिएकी हुन् । १६ अगस्टमा भएको घटना भारतको महाराष्ट्रको हो।
घटनापछि प्रेमी रगतले लत्पतिएको अवस्थामा अस्पताल पुगेका थिए । उनको उपचार भइरहेको छ । २६ वर्षीया आरोपी महिला पद्मा नगर क्षेत्रमा बस्छिन् । उनका प्रेमी ३१ वर्षका हुन् ।
प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएअनुसार यसअघि पनि विवाहलाई लिएर दुवैबीच विवाद भएको थियो । युवतीले प्रेमीलाई विवाह गर्न दबाब दिँदै आएकी थिइन् तर उनले अस्वीकार गर्दै आएका थिए । पीडितको उजुरीका आधारमा प्रहरीले ती युवतीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij