Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

मौसम पूर्वानुमान

आज देशभर पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु लाग्ने

आज देशभर पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु लाग्ने


  • 680
    Shares

    आज देशभर पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु लाग्ने
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

    महाशाखाले हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा हुस्सु लागेको छ ।

    आज दिउँसो राति देशभरको मौसम आंशिक बदली रहने महाशाखाको भनाइ छ ।

    देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - ०७:३८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij