Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

छिमेकी मुलुक 

औषधि उद्योगमा विस्फोट : १७ जनाको मृत्यु, ३४ घाइते

औषधि उद्योगमा विस्फोट : १७ जनाको मृत्यु, ३४ घाइते


  • 3.3K
    Shares

    औषधि उद्योगमा विस्फोट : १७ जनाको मृत्यु, ३४ घाइते
    images

    भारतको आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ ।

    बुधबार दिउँसो सवा २ बजे आन्ध्र प्रदेशको अनाकापल्ली जिल्लामा रहेको इसेन्सिया एड्भान्स साइन्सेस प्लान्टमा विस्‍फोट हुँदा १७ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । 

    यस घटनामा ३४ जना घाइते समेत छन् । प्लान्टको रसायन मिश्रण गर्ने ठाउँ ‘केमिकल रियाक्टर’बाट विस्फोट भएको समाचारमा उल्लेख छ ।

    मुख्यमन्त्री चन्द्रबाबु नायडूले उच्चस्तरीय छानबिन समिति गठन गरेका छन् । व्यवस्थापनको कमजोरी देखिए कारबाही गर्ने समेत चेतावनी दिएका छन्।

    विस्फोटबाट ठूलो मानवीय क्षति हुनसक्ने आकलन गरिएको थियो । खाजा खाने समयमा भएको विस्फोटका कारण कम क्षति भएको टाइम्सले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ६ २०८१ बिहिवार - ११:४३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij