Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्डको आशाको त्यान्द्रो सर्वोच्चले चुडाउने गरि गरेको फैसलामा के-के उल्लेख छ, हेर्नुहोस् फैसला 

प्रचण्डको आशाको त्यान्द्रो सर्वोच्चले चुडाउने गरि गरेको फैसलामा के-के उल्लेख छ, हेर्नुहोस् फैसला 


  • 8.2K
    Shares

    प्रचण्डको आशाको त्यान्द्रो सर्वोच्चले चुडाउने गरि गरेको फैसलामा के-के उल्लेख छ, हेर्नुहोस् फैसला 

    काठमाडौँ । गत मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला पुनरवलोकनका लागि दिएको निवेदनलाई निस्सा दिन सर्वोच्च अदालतले अस्वीकार गरे संगै प्रचण्डको आशाको त्यान्द्रो सधैका लागि छिनेको छ। 

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना सम्मिलित पूर्ण इजलासले प्रचण्डको निवेदनलाई पुनरवलोकनका लागि अनुमति दिन अस्वीकार गरे संगै प्रचण्डको आश निराशामा परिणत भएको हो। 
    'यस अदालतको संयुक्त इजलासबाट मिति २०७७/११/२३ गते भएको फैसलामा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ (२) को खण्ड (ख) बमोजिमको अवस्था विद्यमान रहेको नदेखिँदा पुनरवलोकनको अनुमति प्रदान गर्न मिलेन । कानूनबमोजिम गर्नु,' सर्वोच्चको आदेशमा भनिएको छ ।

    सर्वोच्च अदालतले फागुन २३ गते फैसला गर्दै एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपाको दर्ता खारेज गरी पुरानै अवस्थामा फर्काइदिएको थियो ।

    Untitled-1 copy.jpg

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १४:३७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij