Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा

बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा


  • 1.6K
    Shares

    बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा
    images

    बंगलादेशमा विपक्षी नेता तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको बैंक खातामाथिको प्रतिबन्ध हटाइएको छ ।

    राष्ट्रिय राजस्व बोर्ड (एनबीआर) ले जियाको बैंक खाता फुकुवा गर्ने निर्णय गरेको छ । उनको बैंक खाता १७ वर्षदेखि रोक्का गरिएको थियो । 

    एनबीआरको केन्द्रीय गुप्तचर कक्षले अगस्ट २००७ मा खालिदा जियाको खाता रोक्का गर्ने आदेश दिएको थियो । त्यसयता उनको एकाउन्ट ब्लक गरिएको छ ।

    पटकपटक खाता खोल्न माग गरिएको भएपनि शेख हसिना सत्ताबाट बाहिरिएपछि यो निर्णय गरिएको हो ।

    बंगाली अखबार डेली स्टारका अनुसार एनबीआरले खालिदा जियाविरुद्ध कुनै अनुसन्धान मुद्दा नभएको भन्दै बैंकहरूलाई उनको सबै खाताहरू अनफ्रिज गर्न निर्देशन दिइएको बताएको छ ।

    यसअघि हसिना अगस्ट ५ मा देश छोडेपछि खालिदा जेलबाट रिहा भएकी थिइन् । उनलाई सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

    प्रकाशित मिति :भाद्र ५ २०८१ बुधवार - ०८:५४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij