Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट


  • 1.5K
    Shares

    रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
    images

    रुस । रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो ।

    सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ । सो सहरमा करिब १ लाख ८० हजार जनसङ्ख्या बसोबास गर्छन् ।  

    रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटरमाथि आकाशसम्म पुगेको थियो । लामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । हालसम्म कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन ।

    भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । केन्द्रविन्दु जमनको सतहभन्दा ३० माइल गहिराइमा रहेको थियो । भूकम्पपछि सुनामीको खतरा जारी गरिएको छैन ।  एजेन्सी

     

     

    प्रकाशित मिति :भाद्र २ २०८१ आइतवार - १०:२४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij