Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एसईईको पूरक परीक्षा आजदेखि, ‘एनजी’ ल्याएकाले पनि परीक्षामा सहभागी हुन पाउने

एसईईको पूरक परीक्षा आजदेखि, ‘एनजी’ ल्याएकाले पनि परीक्षामा सहभागी हुन पाउने


  • 2.1K
    Shares

    एसईईको पूरक परीक्षा आजदेखि, ‘एनजी’ ल्याएकाले पनि परीक्षामा सहभागी हुन पाउने

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा आजदेखि शुरू हुँदैछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । 

    यो वर्ष एसईईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो । 

    पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ  अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ। 

    परीक्षा बोर्डका अनुसार परीक्षामा दुई लाख १० हजार सहभागी हुँदैछन् । एक महिनाअघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । 

    नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । 

    प्रकाशित मिति :श्रावण २३ २०८१ बुधवार - ०७:०५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij