Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बाबुराम भट्टराई संग गएपछि सुनारलाई एमालेले बनाएन सांसद, सिरहाकी जानकीको भाग्य खुल्यो 

बाबुराम भट्टराई संग गएपछि सुनारलाई एमालेले बनाएन सांसद, सिरहाकी जानकीको भाग्य खुल्यो 


  • 6.8K
    Shares

    बाबुराम भट्टराई संग गएपछि सुनारलाई एमालेले बनाएन सांसद, सिरहाकी जानकीको भाग्य खुल्यो 

    काठमाडौं । इलामकी सानु शिवाको निधन भएपछि रिक्त रहेको एमालेको समानुपातिक सांसदमा सिरहाकी जानकीदेवी रामलाई सिफारिश गरिएको छ।  नेकपा एमालेले प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा सिरहाकी जानकीदेवी रामलाई निर्वाचित गर्ने भएको हो  ।

    एमाले केन्द्रीय कमिटीको बैठकबमोजिम समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्वरमा रहेकी जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको हो ।

    दलित महिलाबाट उम्मेदवार रहेकी जानकीदेवीलाई सांसद पद मिल्न लागेको रोलक्रमबाट भने होइन । एमालेको बन्द सूचीमा ८६ औं नम्वरमा रहेकी इलामकी सानु शिवा समानुपातिक सांसद बनेकी थिइन् ।

    उनको गत वर्ष निधन भएपछि रिक्त रहेको सांसद पदमा ८७ नम्वरकी धनकुमारी सुनारको पालो आउने थियो । तर, सुनार यसयअघि नै एमाले छाडेर डा। बाबुराम भट्टराईको पार्टीमा लागेकाले उनको नाम बन्द सूचीबाट हटाउने निर्णयसमेत एमालेले गरेको छ । जानकीदेवी राम निर्वाचित भएपछि प्रतिनिधिसभामा एमालेको सांसद १२१ जना कायम हुनेछन् ।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १३:५४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij