Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

फैसला पुनरावलोकनका लागि माओवादी केन्द्र सर्वोच्च अदालत जाँदै

फैसला पुनरावलोकनका लागि माओवादी केन्द्र सर्वोच्च अदालत जाँदै


  • 10.8K
    Shares

    फैसला पुनरावलोकनका लागि माओवादी केन्द्र सर्वोच्च अदालत जाँदै

    काठमाडौं । एमाले र माओवादी केन्द्र व्युँतिने गरि भएको फैसलाको पुनरावलोकन गर्न आज माओवादी केन्द्र सर्वोच्च अदालत जाने भएको छ ।

    मङ्गलबार बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुगी फैसला पुनरावलोकनको माग गर्ने भएको हो ।  न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपालाई गत फागुन २३ मा विघटन गरिदिएको थियो ।

    माओवादी केन्द्रले सोही फैसलाको पुनरावलोकन गर्ने भएको हो । यसअघि नै माओवादी केन्द्रको स्थायी समिति र केन्द्रीय समिति बैठकले सर्वोच्चको फैसला चित्त बुझ्दो नभएको भन्दै फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो ।

    कानुन व्यवसायीहरूसँगको लामो समयको छलफल‍पछि भने आज माओवादी केन्द्र सर्वोच्च जाने भएको हो । 

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १०:२३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij