Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार (भिडियोसहित)

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार (भिडियोसहित)


  • 3.7K
    Shares

    अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार (भिडियोसहित)
    images

    अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागेर ट्रम्प घाइते भएका छन्। 

    सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए। पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो। गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए। उनको अनुहारमा अनुहारमा रगत देखिएको थियो।

    अमेरिकी समय अनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको र्‍यालीमा गोली प्रहार भएको हो। गोली लागेर एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको छ। अर्का एक दर्शकको अवस्था गम्भीर छ।

    ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन्। अधिकारीहरूले ट्रम्प सुरक्षित रहेको जनाएका छन्। एक प्रवक्ताले भने, ‘ट्रम्प जघन्य कार्यपछि राम्रो छन्।’

    कानून प्रवर्तन अधिकारीहरुका अनुसार गोलीबारीलाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको छ। राष्ट्रपति जो बाइडनले ट्रम्पको हत्या प्रयासको निन्दा गर्दै उनी सुरक्षित रहेको बताएका छन्। 

    भिडिओ :

    प्रकाशित मिति :आषाढ ३० २०८१ आइतवार - ०६:०१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij