२०८२ पौष ६ गते आइतवार
काठमाडौं । हेटौँडा सडक विस्तारविरुद्धको रिट आज हेर्न नभ्याइनेमा परेको छ । आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो ।
राजमार्ग क्षेत्रको २५\२५ मिटर सडक कायम गर्नेगरी सडक विस्तार विरुद्ध विन्दवासिनी कंसाकारसहित ६ जनाले मंसिर १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमा मंसिर १९ मा न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
पुस २ मा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिल कुमार पोखरेलको इजलासमा उक्त मुद्दाको पेसी तोकीए पनि हेर्न नमिल्ने सूचीमा परेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij