२०८२ पौष ६ गते आइतवार
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेनजी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन्। संयुक्त जेनजी आन्दोलन घोषणा गर्दै उनले सर्वपक्षिय सरकार आजको आवश्यकता भएको बताएका हुन् ।
उनले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका व्यक्त गरेका छन् । उनले निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न सरकारलाई आग्रह गरेका छन् । उनले नेपालमा भएको समस्याको सही समाधान गर्न नसके देश बंगलादेशको स्थितिमा पुग्ने बताएका छन्।
राज्यमा सुरक्षा, न्याय र भरोसा नभएको उनको भनाई छ । उनले सरकारले देशलाई राजनितिक निकास दिने काम गर्न नसकेको पनि आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीले नै सार्वजानिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको पनि आरोप लगाएका छन् ।
देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने, शासकीय स्वरुपमा सुधार गर्नुपर्ने, विदेशमा रहेका नागरिकलाई मताधिकार दिनुपर्ने, शान्ति सुरक्षाको कायम गर्नुपर्ने, जेनजी आन्दोलनमा संलग्नलाई धरपकट गर्न नहुने लगायतका माग राखेर आन्दोलन गर्न लागिएको उनले जानकारी दिएका छन् । उनले रोजगारी सिर्जना गर्न जेनजी आन्दोलन भएको भएपनि वर्तमान सरकार जेनजीहरुलाई विदेश पठाउन तल्लिन रहेको आरोप पनि लगाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij