Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित


  • 1.4K
    Shares

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    काठमाडौं । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । 

    बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका लागि उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । बैंकले प्रविधिको अधिकतम उपयोग गर्दै सेवाहरूलाई सरल, सुरक्षित र छरितो बनाउँदै आएको र यसले ग्राहकका दैनिकी व्यवसाय सञ्चालनलाई सहज बनाएको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको सर्वाेत्कृष्ट ट्रान्ज्याक्सन बैंकका रूपमा नबिल बैंक सम्मानित हुनु गर्वको विषय भएको बताए । 

    विश्वभर बैंकिङ तथा वित्तीय क्षेत्रको मूल्यांकन गर्ने युरोमनी अवार्डलाई विश्वसनीय र सम्मानित अवार्डका रूपमा लिइन्छ । यस अवार्डमार्फत सेवा उत्कृष्टता, नवप्रवर्तन, रणनीतिक स्पष्टता र ग्राहक अनुभवमा अग्रणी संस्थाहरूलाई सम्मान गरिन्छ ।

    सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो । जसले, बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्दछ । यो अवार्ड विश्वका १०० वटा देशमा सञ्चालन हुँदै आएको छ ।

     

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १४:१८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij