Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

भारतको मेघालयमा एक नेपालीसहित चारजनाको विभत्स हत्या

भारतको मेघालयमा एक नेपालीसहित चारजनाको विभत्स हत्या


  • 3.0K
    Shares

    भारतको मेघालयमा एक नेपालीसहित चारजनाको विभत्स हत्या
    images

    शिलोङ । भारतको मेघालयमा एक नेपालीसहित चारजनाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । अमप्लेङ गाउँको पूर्वी जैन्तिया हिल्समा शनिबार शव फेला परेको जनाइएको छ । 

    प्रहरीका सुपरिटेन्डेन्ट गिरी प्रसादले स्थानीय मिडियासँग कुरा गर्दै घटनाको गम्भीरतालाई लिएर स्पेसल इन्भेस्टीगेसन टिम (एसआईटी) गठन गरिएको जनाएका छन् । 

    मृतकमध्ये एकजना नेपालका २३ वर्षीय रवि राई भएको जनाइएको छ । उनी इलामको पास्थाका भएको समाचारमा जनाइएको छ । अन्य मृतकको भने पहिचान खुलेको छैन ।

     मेघालयको कोइलाखानीमा काम गर्ने गएका उनीहरुको हत्या भएको र मृतकको हातखुट्टा समेत बाँधिएको अवस्थामा शव फेला  परेको समाचारमा उल्लेख छ । भारतीय प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।

    सबै शवलाई खलियारियातस्थित सिभिल अस्पतालमा लगिएको जनाइएको छ । सोही अस्पतालमा पोस्टमार्टमको काम हुने नर्थ इस्ट न्यूजले जनाएको छ । ती शव शनिबार बिहान स्थानीय कामदारले देखेका थिए । उनीहरूलाई हात बाँधिएको र चोट लागेको अवस्थामा भेटिएको थियो ।

    उनीहरूलाई नृसंश र पूर्वनियोजित रूपमा आक्रमण गरिएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी सुपरटेन्डेन्ट प्रसादले उनीहरूमाथि धारिलो हतियार प्रयोग गरिएको जनाएका छन् ।

    प्रकाशित मिति :आषाढ २३ २०८१ आइतवार - ०९:५०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij