Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एसईई परीक्षामा तनहुँका १३ विद्यालयको नतिजा शून्य

एसईई परीक्षामा तनहुँका १३ विद्यालयको नतिजा शून्य


  • 3.1K
    Shares

    एसईई परीक्षामा तनहुँका १३ विद्यालयको नतिजा शून्य

    यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा तनहुँका १३ विद्यालयको नतिजा शून्य आएको छ। बिहीबार प्रकाशित भएको २०८० सालको एसइईमा तनहुँका १३ सामुदायिक विद्यालयबाट एक जना पनि विद्यार्थी उत्तीर्ण नभएका हुन्। 

    तनहुँबाट एसईईमा सहभागी एक सय ७० सामुदायिक विद्यालयमध्ये १३ वटा सामुदायिक विद्यालयबाट कुनै पनि परीक्षार्थी पास नभएका शिक्षा विकास तथा समन्वय इकाई तनहुँका सूचना अधिकारी विश्वप्रकाश रेग्मीले जानकारी  दिए। 

    शुक्लगण्डकी नगरपालिकाको सरस्वती माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालय, भानु नगरपालिकाको आदर्श सरस्वती माध्यमिक विद्यालय, व्यासको अमरसिंह माध्यमिक विद्यालय र खुला माध्यमिक विद्यालयको नतिजा शून्य छ। 

    त्यसैगरी घिरिङ गाउँपालिकाको दीपक माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय र महेन्दज्योती माध्यमिक विद्यालय, आँबुखैरेनी गाउँपालिकाको कन्यादेवी माध्यमिक विद्यालय र छिम्केश्वरी माध्यमिक विद्यालयको पनि नतिजा शून्य छ।

    त्यसैगरी ऋषिङ गाउँपालिकाको महेन्द्रोदय माध्यमिक विद्यालय र बन्दीपुर गाउँपालिकाको शिव माध्यमिक विद्यालयले एकजना विद्यार्थीलाई पनि एसईई उत्तीर्ण गराउन सकेका छैनन्। 

    प्रकाशित मिति :आषाढ १५ २०८१ शनिवार - ०८:२६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij