Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

१३ जिल्लाका २२० जना एसईई परीक्षार्थीको परीक्षा रद्द

१३ जिल्लाका २२० जना एसईई परीक्षार्थीको परीक्षा रद्द


  • 2.1K
    Shares

    १३ जिल्लाका २२० जना एसईई परीक्षार्थीको परीक्षा रद्द

    काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएकामध्ये देशका १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द भएको छ।

    राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, इलामका २, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ। 

    यसैगरी रौतहटका १, महोत्तरीका ३९, खोटाङका ३, धनुषाका ४, सर्लाहीका ६, सप्तरीका १५४ र भोजपुरका १ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको हो।

    विषयगत आधारमा अङ्ग्रेजीको १, गणितको ६७, नेपालीको ४, विज्ञानको १४, सामाजिकको ५, ऐच्छिक गणितको ७१, अर्थशास्त्रको १३, जनसङ्ख्याको ७, वातावरण विज्ञानको २, स्वास्थ्य शारीरिकको ३, प्राविधिक विषयको ७ र सबै विषयको २६ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ।

    प्रकाशित मिति :आषाढ १३ २०८१ बिहिवार - ११:४१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij