२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा (कम्पार्ट) दिन पाउने भएका छन् । भने एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ती विद्यार्थीहरूले स्तर वृद्धि परीक्षा दिने पाउने भएका हुन् ।
‘नन् ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याएका छैनन् । उनीहरूले कक्षा १० दोहोर्याएर पढेर अर्को वर्ष मात्रै एसईई दिन पाउनेछन् ।
२०८० सालको एसर्ईईमा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात (एनजी) भएका थिए । जसमध्ये दुई विषयमा एनजी भएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउनेछन् ।
जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij