Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

व्यापारीको घरमा ज्यूनार गरेपछि प्रचण्डले किन लगाए ब्याक गिएर ? माधवले किन लगाए ब्रेक ?

व्यापारीको घरमा ज्यूनार गरेपछि प्रचण्डले किन लगाए ब्याक गिएर ? माधवले किन लगाए ब्रेक ?


  • 6.8K
    Shares

    व्यापारीको घरमा ज्यूनार गरेपछि प्रचण्डले किन लगाए ब्याक गिएर ? माधवले किन लगाए ब्रेक ?

    काठमाडौँ । नेकपाको दर्ता बदर हुनेगरी सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलाविरुद्ध शुक्रबार मुद्दा पुनरावलोकनमा जाने निर्णय अन्तिम चरण रोकिएको छ । 

    प्रचण्डले एमालेको असन्तुष्ट पक्षका नेता माधव नेपालसँग बिहीबार साँझ र शुक्रबार बिहान  निवेदन दर्ताबारे व्यापारी टपेन्द्र तिम्सिना र चन्द्रलाल श्रेष्ठको घरमा छलफल गरेका थिए । ती छलफलपछि पुनरावलोकन निवेदन केही दिन पर सरेको छ । ‘पार्टीले अन्तिममा आएर आज निवेदन दर्ता रोकेको छ । अर्को सातासम्म दर्ता हुन्छ,’ निवेदन मस्यौदामा संलग्न मुक्ति प्रधानले भने । 

    माओवादी केन्द्रले सो फैसलाबिरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको थियो । सो निर्णयअनुसारै मुद्दा दोहोर्‍याई पाऊँ भन्ने निवेदनको मस्यौदा तयार भइसकेको छ । मुद्दाको विपक्षी तत्कालीन नेकपाका अध्यक्षको हैसियतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन निवेदन दर्ता गर्न लागेका हुन् । 

    वरिष्ठ अधिवक्ता शम्भु थापाले निवेदनको मस्यौदा तयार पारेका हुन् । त्यसमा रमण श्रेष्ठ, गोविन्द बन्दी, रामनारायण बिडारी र मुक्ति प्रधानले अन्तिम रूप दिएका थिए । निवेदन दर्ताकै सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता नेपालबीच पछिल्ला बैठक भएका थिए । 

    निर्वाचन आयोगले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपासँगै नाम जुध्ने गरी एमाले–माओवादी केन्द्रको एकीकृत पार्टी दर्ता गरेपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी बनाई मुद्दा दर्ता भएको थियो ।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १२:४३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij