२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नातक तहमा बिएस्सी सिएसआईटी, बिआईटी र बिएस्सीमा नयाँ विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा तय गर्न सूचना प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा सेमेष्टर परीक्षा प्रणाली अनुसार ग्रेडिङ सिस्टम अन्तर्गत पठन पाठन हुने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि बिएस्सी सिएसआइटी, बिआईटी तथा वार्षिक परीक्षा प्रणाली अनुसार पठन पाठन हुने विज्ञान तर्फ बिएस्सी विषयमा भर्ना हुन इच्छुक विद्यार्थीहरूको निमित्त २०८१ सालको लागि निम्नानुसार प्रवेश परीक्षा तथा नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित गरिएको जनाएको हो ।
साथै प्रवेश परीक्षाको लागि आवश्यक न्यूनतम योग्यता, आवेदन फाराम दस्तुर सहित विस्तृत जानकारी २०८१ साल आषाढ १६ गते अध्ययन संस्थानको वेवसाइट :https://iost.tu.edu.np मा प्रकाशित गर्ने जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij