Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

विषाक्त रक्सी सेवनबाट ३४ जनाको मृत्यु, मृतकका परिवारलाई १० लाख दिने सरकारको घोषणा

विषाक्त रक्सी सेवनबाट ३४ जनाको मृत्यु, मृतकका परिवारलाई १० लाख दिने सरकारको घोषणा


  • 2.4K
    Shares

    विषाक्त रक्सी सेवनबाट ३४ जनाको मृत्यु, मृतकका परिवारलाई १० लाख दिने सरकारको घोषणा
    images

    भारतको तमिलनाडुस्थित कल्लाकुरिचीमा विषाक्त मदिरा सेवन गर्दा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश करुणापुरमका बासिन्दा हुन् । 

    एक सयभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ। सरकारले घटनामा ज्यान गुमाएकाका परिवारलाई १० लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको समाचारमा उल्लेख छ । 

    विषाक्त मदिरा काण्डपछि कल्लाकुरिचीका जिल्ला अधिकारीको सरुवा भएको छ भने प्रहरी नायब उपरीक्षकसहित दश जना प्रहरी निलम्बनमा परेका छन् ।

    तमिलनाडु सरकारले सेवानिवृत्त न्यायाधीश गोकुलदासको अध्यक्षतामा एक छानबिन समिति गठन गरेको छ। आयोगले तीन महिनाभित्र छानबिन प्रतिवेदन बुझाउने समाचारमा उल्लेख छ ।

    प्रकाशित मिति :आषाढ ७ २०८१ शुक्रवार - १८:५७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij