२०८२ पौष ६ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ । काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता एवं शुचेच्छुकहरू पुगेका छन् ।
उनलाई बाजागाजासहित अहिले पार्टी कार्यालयमा स्वागत गरिएको छ । भैरहवा कारागारबाट छुटेर लामिछाने हिजोमात्रै काठमाडौं आइपुगेका थिए ।
स्वागत लगत्तै आजै केन्द्रीय समिति बैठक पनि बस्ने रास्वपाले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij