Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

संसद् पुनस्थापनाका लागि सर्वोच्चमा बुझाउन १४६ सांसदको हस्ताक्षर तयार

संसद् पुनस्थापनाका लागि सर्वोच्चमा बुझाउन १४६ सांसदको हस्ताक्षर तयार


  • 659
    Shares

    संसद् पुनस्थापनाका लागि सर्वोच्चमा बुझाउन १४६ सांसदको हस्ताक्षर तयार
    images

    काठमाडौं । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जनाले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छन् । पार्टीका शीर्ष तहका नेताले भने पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन् ।

    कांग्रेसको  विघटित प्रतिनिधिसभाकी सचेतक सुशीला थिङले शीर्ष तहका नेता बाहेकका ६५ सांसदले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेको जानकारी दिइन् । कांग्रेस संसदीय दल स्रोतका अनुसार सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर समूहका नेता डा। शेखर कोइरालासहितका नेताले पुनर्स्थापना हुनुपर्छ भन्नेमा हस्ताक्षर गरेका छैनन् ।

    कांग्रेसका ८ निवर्तमान सांसदले मंसिर २३ गते नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरिसकेका छन् । निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित सचेतक थिङ, सांसदहरू दीपक खड्का, जाबेदा खातुन जागा, आशा बिक, सिता राना, शान्ति बिक र नागिना यादवले रिट दर्ता गरेका हुन् । त्यही रिटमा पूरक बनाएर सोमबार बहुमत सदस्य सर्वोच्चमा जाने तयारीमा रहेको थिङले जानकारी दिइन् । 

     

     

     

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १६:२२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij