Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

मधेशको सभामुखमा जसपा नेपालका यादव निर्वाचित

मधेशको सभामुखमा जसपा नेपालका यादव निर्वाचित


  • 435
    Shares

    मधेशको सभामुखमा जसपा नेपालका यादव निर्वाचित
    images

    काठमाडौं । मधेस प्रदेशसभाको सभामुखमा रामआशिष यादव निर्वाचित भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो ।

    सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादको सभामुखका लागि उम्मेदवारी परेको थियो । 

    जम्मा खसेको ९६ मतमध्ये यादवले  ७२ मत प्राप्त गर्दै विजयी हुँदा त्रिलोकी प्रसादले २४ मत पाएका छन् । निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएका थिए। 

     

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १६:२७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij