Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

चालकको कन्चटमा बन्दुक राखेर बस अपहरण गरेपछि...

चालकको कन्चटमा बन्दुक राखेर बस अपहरण गरेपछि...


  • 2.3K
    Shares

    चालकको कन्चटमा बन्दुक राखेर बस  अपहरण  गरेपछि...
    images

    वासिङ्टन डीसी । विमान अपहरणका घटनाहरू हामीले कयौँ सुनेका छौँ । कार पनि अपहरणमा परेको भनेर तपाईँले सुन्नु भएको होला । तर अमेरिकामा बस अपहरणमा परेको छ । अपहरणकारीले बस चालकको कन्चटमा बन्दुक राखेर बस अपहरण गरेका थिए । बसमा सवार एक यात्रुको बन्दुक खोसेर १७ जना यात्रु सवार बस अपहरण गरिएको थियो ।

    अपहरणको सूचना पाएपछि प्रहरीहरू पनि अक्क न बक्क भएका थिए । अपहरित बसको पिछा गर्न थाले । तर ३० किलोमिटरसम्म बस दौडिएपछि निकै समयको प्रयासपछि प्रहरीले अपहरणकारीलाई नियन्त्रणमा लिन सके । सामाजिक सञ्जालमा यो भिडियो भाइरल भइरहेको छ । फिल्मी शैलीको अपहरणको यो घटना अमेरिकाको एटलान्टा सहरमा भएको हो । डाउनटाउन मल फुड कोर्टमा गोलीबारीको घटनाबारे प्रहरीले ब्रिफिङ गरिरहेकै समयमा प्रहरीको हेल्पलाइन ९११ मा फोन आयो ।

    अपहरणकारीले बस अपहरण गरेर सहरको सडकमा जथाभाबी बस चलाइरहेको छ भन्ने जानकारी थियो । अपहरणकारीले चालकको कन्चटमा बन्दुक तेर्साएका थिए । प्रहरीहरू देखेर चालकले बस रोक्न खोज्दा अपहरणकारीले ब्रेक लगाउनै दिएनन् । प्रहरीले अगाडिबाट बसलाई रोक्न खोज्दा प्रहरीको गाडीमा ठोक्किएर अगाडि गयो । बसले सडकमा अन्य सवारी साधनलाई पनि ठक्कर दिएको थियो ।

    सडकमा बसले आतङ्क मच्चाएको भिडियोमा देखिन्छ । करिब ३० किलोमिटरसम्म बसको पिछा गरेपछि प्रहरीले बसलाई घेरा हालेर बसमा सवार यात्रुहरूलाई मुक्त गरेका थिए । बस चालक ३९ वर्षका जोसेफ ग्रियरको रुपमा पहिचान गरिएको छ । प्रहरीले बसलाई रोक्न खोज्दा अपहरणकारीले बसमा गोली चलाए । बस रोकेपछि गोली लागेका घाइतेलाई अस्पताल लगिएको भए पनि उनलाई बचाउन सकिएन । यस क्रममा एक जना यात्रीको मृत्यु भएको थियो ।  एजेन्सी

     

    प्रकाशित मिति :आषाढ ३ २०८१ सोमवार - १६:१९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij