Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

मुला खाए जस्तै गरी यसरी सर्प खाएपछि...

मुला खाए जस्तै गरी यसरी सर्प खाएपछि...


  • 3.0K
    Shares

    मुला खाए जस्तै गरी  यसरी सर्प खाएपछि...
    images

    काठमाडौं । हिँड्दै गर्दा कतै सर्प देखियो भने डरले मुटु नै काम्छ । कतिपय त डरले कराउँछन् । तर विश्वमा भियतनाम, चीन लगायत केही यस्ता देश पनि छन् जहाँ सर्पको मासु खाइन्छ । गाजर वा मुला जस्तै गरी काँच्चै सर्प खाएको भनेर कसैले भन्यो भने तपाई पत्याउनु हुन्छ कि हुन्छ ? इन्ष्टाग्राममा यस्तै एउटा भिडियो भाइरल भइरहेको छ । 

    एक युवती सर्पलाई मुला खाए जस्तै गरी चपाएर खाइरहेकी छिन् । भाइरल भइरहेको यो भिडियो इन्ष्टाग्राममा शेयर गरिएको छ । यो भिडियोमा युवतीको अगाडि  एउटा प्लेट छ । त्यसमा केही सर्पहरू राखिएका छन् । युवतीले प्लेटबाट एउटा सर्पलाई हातमा उठाउँछिन् । सर्पको टाउको हल्लिएको देखिन्छ  । युवती जिउँदो सर्पलाई खान थाल्छिन् । 

    भिडियो दक्षिण कोरियाको हो । युवतिले सर्पको मुख लुछेर चपाउँदै खाइरहेकी छिन् । यो भिडियो सामाजिक सञ्जालमा शेयर हुने बित्तिकै भाइरल भएको छ । भिडियोको क्याप्सन ‘सर्प’ लेखिएको छ । अहिलेसम्म यो भिडियोलाई इन्ष्टाग्राम मा १ करोड ३१ लाखभन्दा बढी पटक हेरिएको छ ।

    यो भिडियो पोस्टलाई १ लाखभन्दा बढीले लाइक गरेका छन् भने हजारौँले सेयर पनि गरेका छन् । भिडियोमा झन्डै १४ हजार कमेन्ट पनि आएको छ । धेरैले यो भिडियोको आलोचना गरेका छन् । कोहीले यस्तै मान्छेकै कारण नयाँ नयाँ भाइरस आएको भनेर गाली पनि गरेका छन् । एजेन्सी

    प्रकाशित मिति :आषाढ ५ २०८१ बुधवार - ०९:१९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij