Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

साउदीमा अत्यधिक गर्मी, १४ हजयात्रीको मृत्यु

साउदीमा अत्यधिक गर्मी, १४ हजयात्रीको मृत्यु


  • 1.7K
    Shares

    साउदीमा अत्यधिक गर्मी,  १४ हजयात्रीको मृत्यु
    images

    साउदी अरबमा हजका क्रममा अत्यधिक गर्मीका कारण जोर्डनका कम्तीमा १४ नागरिकको मृत्यु भएको छ। जोर्डनका अधिकारीहरूले यो जानकारी दिएका हुन्।

    जोर्डनको विदेश मन्त्रालयले आफ्ना १४ नागरिकको मृत्यु ‘अत्यधिक गर्मीका कारण हिटस्ट्रोकका कारण’ भएको जनाएको छ। साथ १७ जना बेपत्ता भएको बताएको छ।

    बेपत्ताहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्।

    एएफपी समाचार एजेन्सीका अनुसार इरानी रेड क्रिसेन्टले पाँचजना इरानी हज तीर्थयात्रीको पनि मृत्यु भएको पुष्टि गरेको छ तर उनीहरूको मृत्यु कसरी भयो भन्ने खुलाएको छैन।

    हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोहमध्ये एक हो। साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाखभन्दा बढीले यसमा भाग लिइरहेका छन्।

    यस हप्ता साउदीमा तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ, जसले गर्दा विशेष गरी वृद्धवृद्धाहरूका लागि गाह्रो भइरहेको छ।

    प्रकाशित मिति :आषाढ ३ २०८१ सोमवार - १०:२५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij