Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

आफ्नो सम्बन्ध विच्छेद गराएको भन्दै एक प्रहरीले गरे दुई जना वकिलको हत्या

आफ्नो सम्बन्ध विच्छेद गराएको भन्दै एक प्रहरीले गरे दुई जना वकिलको हत्या


  • 6.8K
    Shares

    आफ्नो सम्बन्ध विच्छेद गराएको भन्दै एक प्रहरीले गरे दुई जना वकिलको हत्या
    images

    पाकिस्तानमा एक प्रहरीले गोली प्रहार गरी दुई जना वकिलको हत्या गरेका छन् । अटकमा भएको गोली प्रहारबाट ज्यान गुमाउनेमा जिल्ला बार अटकका पूर्वअध्यक्ष इसरार अहमद र जुलिफिकार मिर्जा रहेका छन् । 

    पाकिस्तानी मिडिया रिपोर्टहरूका अनुसार शनिबार विशेष बलका एक एएसआईले व्यक्तिगत दुश्मनीलाई आधार बनाएर दुई वकिलको गोली हानी हत्या गरेका हुन् । एएसआई इन्तजार शाहले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद हुनुमा वकिलहरूको भूमिका रहेको भन्दै त्यही दुश्मनीमा गोली हानी वकिलहरूकै हत्या गरेका हुन् । 

    हत्याको घटनापछि अटकका प्रहरी प्रमुख सरदार घियास गुल खानले तत्काल कारबाही अघि बढाएका छन् । एएसआई इन्तजार शाह हिरासतमा परेका छन् भने घटनाबारे अनुसन्धान अघि बढाइएको छ । 

    प्रकाशित मिति :आषाढ २ २०८१ आइतवार - १९:०२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij