Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

पर्यटक बोकेको गाडी नदीमा खस्यो, १४ जनाको घटनास्थलमै मृत्यु

पर्यटक बोकेको गाडी नदीमा खस्यो, १४ जनाको घटनास्थलमै मृत्यु


  • 2.3K
    Shares

    पर्यटक बोकेको गाडी नदीमा खस्यो, १४ जनाको घटनास्थलमै मृत्यु
    images

    भारतको गुरुग्रामबाट उत्तराखण्ड घुम्न आएका पर्यटकसँग शनिबार एउटा दुःखद दुर्घटना भएको छ ।

    रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनंदा नदीको किनारमा खसेको थियो । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

    रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले भने,  गुरुग्रामबाट २६ यात्रु बोकेर तुंगानाथ(चोपटा जाँदै गरेको टेम्पो ट्राभलर गाडी शनिबार बिहान ११ः३० बजे रुद्रप्रयाग मुख्यालय नजिकै दुर्घटनामा परेको थियो ।

    उनले भने, ‘साँझसम्म घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये ३ जनाको अझै सनाखत हुन सकेको छैन । यो घटना रुद्रप्रयाग जिल्ला सदरमुकामबाट करिब ७ किलोमिटर टाढा रहेको रैतोली नामक ठाउँ नजिक भएको हो ।

    गाडी सडकबाट करिब ३०० मिटर गहिरो खाल्डोमा खसेकोले १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जनाको उद्धार गरी जिल्ला अस्पताल रुद्रप्रयागमा भर्ना गरिएको छ ।

    अस्पताल पुग्दा चिकित्सकले एक जनालाई मृत घोषणा गरेका थिए । उपचारका क्रममा अर्को एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सात जनालाई हेलिकप्टरबाट उद्धार गरिएको उनले बताए । एम्स ऋषिकेश पुगेपछि थप दुई जनाको मृत्यु भयो । 

    मुख्यमन्त्री पुष्करसिंह धामी शनिबार साँझ एम्स ऋषिकेश पुगेर त्यहाँ भर्ना भएका घाइते पर्यटकको अवस्थाबारे जानकारी लिएर चिकित्सकसँग जानकारी लिएका थिए । 

    मुख्यमन्त्री धामीले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् । मुख्यमन्त्रीले गम्भीर घाइतेलाई रु ४०–४० हजार र सामान्य घाइतेलाई १०–१० हजार रुपैयाँ उपलब्ध गराउन निर्देशन पनि दिएका छन् । 

    प्रकाशित मिति :आषाढ २ २०८१ आइतवार - ११:४९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij