Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

जन्ती लिएर मण्डपमै बेहुला आइपुग्दा बेहुलीले बिहे गर्न नमानेपछि...

जन्ती लिएर मण्डपमै बेहुला आइपुग्दा बेहुलीले बिहे गर्न नमानेपछि...


  • 4.0K
    Shares

    जन्ती लिएर मण्डपमै बेहुला आइपुग्दा बेहुलीले बिहे गर्न नमानेपछि...
    images

    भारतको उत्तर प्रदेश राज्यको भदोहीमा जन्तीसहित बेहुला आइसकेको अवस्थामा बेहुलीले विवाह गर्न अस्वीकार गरेको घटना प्रकाशमा आएको छ ।

    फत्तुपुर निवासी शीलादेवीकी छोरी पिङ्कीको विवाह जौनपुर जिल्लाको जयरामपुर निवासी गौतम नाम गरेका युवकसँग हुने निधो भएको थियो । सोही अनुसार गौतम जन्तीसहित बुधबार बेलुका बेहुलीको घरमा विवाहका लागि पुगेका थिए ।

    स्वयंवर अघि नै बेहुलाले अस्वाभाविक गतिविधि गरेपछि बेहुलीले चासो राखेकी थिइन् । बेहुलाले मदिरा पिएको र मञ्चको पछाडि गएर गाँजा सेवन गरेको देखेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी थिइन् ।

    यस क्रममा बेहुली पक्षले बेहुला, उनका पिता जयप्रकाश र हजुरबुबा मेवा लाललाई बन्धक बनाएर विवाहको तयारीमा लागेको ८ लाख रुपैयाँ खर्च माग गरेका थिए ।दुवै पक्षबिच विवाद भएपछि प्रहरी आएर मामिला सुल्झाएको थियो । प्रहरीका अनुसार बेहुलीले विवाह गर्न नमानेपछि बेहुला र जन्ती बिहीबार त्यसै फर्किएका छन् ।

    प्रकाशित मिति :जेठ ३२ २०८१ शुक्रवार - २१:२७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij