Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

मृत्यु भइसकेका मान्छे तेह्रौं पुण्य तिथीमा घर फर्किएपछि…

मृत्यु भइसकेका मान्छे तेह्रौं पुण्य तिथीमा घर फर्किएपछि…


  • 6.2K
    Shares

    मृत्यु भइसकेका मान्छे तेह्रौं पुण्य तिथीमा घर फर्किएपछि…
    images

    एजेन्सी । दुर्घटनामा परेर मृत्यु भइसकेका मान्छे अन्तिम संस्कारमा घर फर्किएपछि आफन्तहरु चकित बनेका छन् ।

    यो भारतको मध्य प्रदेशस्थित शियोपुर गाउँमा दुई दिनअघि भएको घटना हो । हिन्दु संस्कारअनुसार गत मंगलबार परिवार उनको तेह्रो पुण्य तिथी अर्थात् अन्तिम संस्कार गर्ने दिन थियो । तर त्यहि दिन मृत्यु भइसकेका व्यक्ति घर प्रवेश गरेपछि परिवार तथा आफन्तजन चकित परेका छन् ।

    यस्तो कसरी भयो ?

    राजस्थानमा मे २६ मा सडक दुर्घटना भएको थियो । दुर्घटनामा परि एकजनाको मृत्यु भएको थियो भने एकजना घाइते भएका थिए । घाइते व्यक्तिको सनाखत हुन सकेको थिएन । उपचारको लागि नजिकैको अस्पताल पुर्याईका उनको उपचारको क्रममा निधन भएको थियो । अस्पताल र प्रहरीले मृतकको पहिचान २५ वर्षीय सुरेन्द्र शर्मा भनेर खुलाएको थियो । प्रहरीले मृतक सुरेन्द्रका आफन्तलाई खबर गरेका थिए भने आफन्तले नजिकैको घाटमा पुगेर उनको दाहसंस्कारसमेत गरिसकेका थिए ।

    गत मंगलबार उनको अन्तिम संस्कार थियो । सोहि दिन प्रहरी एक व्यक्ति आफुसँगै लिएर अन्तिम संस्कारमा जुटेको परिवार समक्ष आइपुग्यो । प्रहरीले आफुसँगै लिएर आएका व्यक्ति अरु नभई मृत घोषणा गरिएका सुरेन्द्र शर्मा थिए ।

    वास्तवमा प्रहरीले सनाखत गरेको शव धारा सिंह नामक व्यक्तिको रहेको हाल प्रहरीले पुष्टि गरेको छ । हाल अन्तिम संस्कारमा जुटेको परिवारबाट मृतक सिंहको अस्तु लिएर प्रहरी फर्केको टाइम्स अफ इन्डियामा उल्लेख छ ।

    वास्तवमा शवको गलत पहिचान गर्दा र सुरेन्द्रले दुइ हप्तासम्म घरमा सम्पर्क नगर्दा यस्तो घटना भएको बताइएको छ । टाइम्स अफ इन्डिया

    प्रकाशित मिति :जेठ ३२ २०८१ शुक्रवार - ०६:३५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij