२०८२ भाद्र २६ गते बिहिवार
चीनमा २३ वर्षीया युवतीले ८० वर्षीय पुरुषसँग प्रेम-विवाह गरेकी छन्।
चीनको हेपेई प्रान्तको नर्सिङ होममा स्वयंसेवकका रूपमा काम गर्ने क्रममा सियाओफाङ (परिवर्तित नाम) ले लि (परिवर्तित नाम) लाई भेटिन्।
लि सोही नर्सिङ होममा बस्थे। दुवैका रुचि र आनीबानी मिलेपछि मित्रता बढ्यो र अन्ततः त्यो प्रेममा परिणत भयो। तर यो प्रेम सम्बन्धलाई युवतीको परिवारले स्वीकार्ने कुरै भएन। तर युवती ती वृद्धलाई छाड्न नसक्ने भइसकेकी थिइन्।
यसै क्रममा दुवैले हालै एउटा सानो समारोह आयोजना गरी विवाहसमेत गरेका हुन्। तर यो समारोहमा उनीहरू दुवैका परिवारका सदस्य भने कोही थिएनन्।
उनीहरूबीच यो प्रेम विवाहले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। धेरैले युवतीलाई पैसाको लोभमा हजुरबुवासमान व्यक्तिसँग बिहे गरेको भनेर आलोचना गरिरहेका छन्। तर वास्तविकता अर्कै छ।
लि निकै वृद्ध र बारम्बार बिरामी भइरहने भएकाले युवतीले काम गरेर चाहिँ उनलाई पाल्नु परिरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij