Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काठमाडौं महानगरका निजी विद्यालयमा १८ हजारले पाए छात्रवृत्ति

काठमाडौं महानगरका निजी विद्यालयमा १८ हजारले पाए छात्रवृत्ति


  • 2.0K
    Shares

    काठमाडौं महानगरका निजी विद्यालयमा १८ हजारले पाए छात्रवृत्ति

    काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयले १८ हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएको छ ।

    यस शैक्षिक सत्रमा हिजोसम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ, जस अनुसार १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएकामध्ये १८ हजार ४ सय २२ जनाले छात्रवृत्ति पाएका छन् ।

    यसबाट लक्षित वर्गका विद्यार्थीहरूलाई करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध गराउन सफल भएको महानगर प्रमुख बालेन शाहले जानकारी दिए ।

    अघिल्लो शैक्षिक सत्रभन्दा यस वर्ष छात्रवृत्ति दिने विद्यायलको संख्या पनि बढेको शाहले बताए । विवरण बुझाउन बाँकी विद्यालयलाई तीन दिनभित्र बुझाउन महानगरले निर्देशन दिएको छ ।

    BALEN.JPG

     

    प्रकाशित मिति :जेठ २४ २०८१ बिहिवार - ११:०४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij