Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन

शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन


  • 2.0K
    Shares

    शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन

    काठमाडौं । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।  

    त्यस्तै, सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ । ३० लाख विद्यार्थी लाभान्वित हुने दिवा खाजा कार्यक्रममा ८ अर्ब ३९ करोड विनियोजन गरिएको छ । यसका साथै १ देखि ५ कक्षासम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने र कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा दिवा खाजाको रकम वृद्धि गरिने भएको छ । 

    ७ प्रदेशका १/१ स्थानीय तहमा एकीकृत भान्साको अवधारणा अनुसार मेगा किचन स्थापना गरिने बजेटमा व्यवस्था गरिएको छ ।

    प्रकाशित मिति :जेठ १५ २०८१ मंगलवार - १५:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij