Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चिनीमा भुलिएको कमिलोलाई माथ खुवाउने गरी सत्ताको गुलियो दहमा यसरी अल्झिए देउवा 

चिनीमा भुलिएको कमिलोलाई माथ खुवाउने गरी सत्ताको गुलियो दहमा यसरी अल्झिए देउवा 


  • 6.5K
    Shares

    चिनीमा भुलिएको कमिलोलाई माथ खुवाउने गरी सत्ताको गुलियो दहमा यसरी अल्झिए देउवा 

    काठमाडौं । सक्षम भएको जस्तो देखिए पनि नेपालको राजनिती केटाकेटी पाराले चलिरहेको संकेत बग्रेल्ती देखिने गरेका छन्,देखीइ रहेकै छन्। 

    नेपालको राजनीतिमा नैतिकताको प्रश्न आफैँमा दुर्लभ विषय हो। सबै ठाउँमा भागवण्डाको संस्कृति यसरी हुर्किएको छ कि त्यसले सत्ता र प्रतिपक्षमा भेद भेटिन्न। भेद त राजनीतिक दलका सिद्धान्तमा पनि मरिसकेको छ। सिद्धान्तलाई कमिसनले ढपक्कै ढाकिसकेको छ। 

    आदर्शलाई अर्थले कब्जा गरिसकेको छ। त्यसैले सर्वसत्तावादको मोह सत्ता र प्रतिपक्ष दुवैतिर व्याप्त छ। त्यसैको सिकार बनिरहेको छ मुलुकको राजनीति। सत्ता हाकिरहेका केपी शर्मा ओली हुन् कि उनकै विरुद्धमा पार्टीभित्र चर्का कुरा गरिरहेका माधवकुमार नेपाल अथवा माओवादीका पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेसका शेरबहादुर देउवा नै किन नहुन्, उनीहरुबाट जनताप्रति जवाफदेहिता अपेक्षा गर्नु मुर्ख्याइ सावित हुँदै गएको छ। सत्तामा ओलीको रजगज यसरी चलेको छ कि त्यसलाई चिर्न न उनकै दलका नेता सक्छन् न नेकपाबाट माओवादीमा बाउन्स भएर फर्किएकाहरु नै। प्रतिपक्ष त यो मुलुकमा कहाँ छ थाहा छैन।

    नेपालको राजनीतिक इतिहासमा सत्ता र प्रतिपक्षबिचको पिरती यसअघि कहिल्यै देख्न पाइएको थिएन। नेकपा एमालेका ओली पक्षीय नेता तथा कार्यकर्ता प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको तारिफमा भेटिन्छन् यतिखेर। सत्ताधारी दलको तारिफ पाउने सौभाग्य शेरबहादुर देउवाले मात्र पाएका छन्, अरुले आलोचनामात्रै। एउटालाई सत्रु नमानी कम्युनिस्ट पार्टीलाई आफूलाई सजिव मान्न सक्दैन। यो उसको विशेष चरित्र नै हो। त्यसैले एमालेको संस्थापन पक्षको प्रधान सत्रु यतिखेर माधवकुमार नेपाल हुन्। माधवकुमार नेपालको प्रधान सत्रु केपी शर्मा ओली। निश्चित पनि माओवादीको मुल सत्रु यतिखेर नेकपा एमालेको ओली समूह नै हो।

    यस्तो अवस्थामा सबैभन्दा चोखा हुन् शेरबहादुर देउवा। उनी यतिधेरै चोखा भएका छन्, काँग्रेसको ठूलो पङ्ति आफैँ लजाउँछ। पछिल्लो पटक विभिन्न संस्थाहरुको चुनावी राणनीतिमा देउवाले ओलीसँग गज्जबैले साँठगाँठ गरेका छन्। उदाहरण एकोराबको चुनावी मैदानमा छर्लाङ्ग देखियो। इतरका नेताहरु पनि देउवाको यो कार्यविरुद्ध मुख खोल्न सकिरहेको देखिदैनन्।

    अहिले पत्रकार महासंघको चुनाव सँघारमा छ। देउवा र ओलीको काँध जोडिने तरखर पत्रकारको संग्रममा देखिने छ नै। यो भाउतो आइलागेको देखेर प्रेस स्वतन्त्रता, नागरिक अधिकार र संविधानवादको संरक्षणमा लागेका लोकतन्त्रवादी पत्रकारहरु मुख छोप्न बाध्य छन्। भागबण्डाले आफ्नो पेट पालिरहेका नेताहरु अहिले देउवाको विरोधमा उत्रिन सक्ने अवस्था पनि काँग्रेसमा देखिँदैन। 

    प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्न भने सके इतरका नेताहरुले। तर प्रतिनिधिसभा विघटनलाई देउवाले प्रतिगमन भन्न चाहन्नन्। भन्नमात्र होइन, प्रतिगमन शब्दप्रति नै उनको वितृष्णा छ। त्यो वितृष्ण बेलाबेलामा मुखारित हुने गर्छ। मंगलवार विराटनगरमा देउवाबाट निस्किएको अभिव्यक्ति उनको अन्तरमनको प्रष्फुटन हो । के को प्रतिगमनरु संसद विघटन उनको निधारमा लागेको अमिट धब्बा नै हो। राजदरबारमा प्रजातन्त्र समर्पण गरेको आक्षेपकै कारणमात्र होइन उनलाई प्रतिगमन शब्दप्रति वितृष्णा हुने गरेको भने होइन। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विशेष सम्बन्धले पनि उनी परिचित छन्।

    ओली निकट व्यवसायीसँग देउवा पत्नी आरजुको व्यवसायिक साझेदारी, राजदूतमा सासुको अविराम यात्राले पनि देउवालाई ओलीप्रति नतमस्तक बनाएको छ। राजनीतिक प्रतिशोधकै आधारमा क्षमतावान राजदूतहरु लत्याएका ओलीले देउवालाई किन चिढ्याउँथे। अनि देउवा किन ओलीलाई सकस पैदा गर्थे ? त्यही प्रेमालापको बिचमा काँग्रेस हराइरहेको छ। जसरी ओली नेकपा एमालेमा सर्वेसर्वा हुँदै गए, देउवाको पनि लक्ष्य त्यही हो। काँग्रेसका पदाधिकारी देउवाको यस्तो शैलीविरुद्ध मौन छन्। त्यो मौनताको मूल्य महँगो हुने निश्चित छ। कांग्रेस तोत्तर हुने कि जुरुक्क उठ्ने भन्ने स्वयम् देउवाको चरित्रमा निर्भर हुँदै गएको छ।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १२:१८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij