Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

देशभरका सामुदायिक स्कुलमध्ये विराटनगरको पोखरिया उत्कृष्ट (टप १५ को सूचीसहित)

देशभरका सामुदायिक स्कुलमध्ये विराटनगरको पोखरिया उत्कृष्ट (टप १५ को सूचीसहित)


  • 2.3K
    Shares

    देशभरका सामुदायिक स्कुलमध्ये विराटनगरको पोखरिया उत्कृष्ट (टप १५ को सूचीसहित)

    विराटनगर । विराटनगरको पोखरिया मावि देशभरबाट उत्कृष्ट मुदायिक स्कुलमध्ये पहिलो स्थानमा पर्न सफल भएको छ । 

    शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले सार्वजनिक गरेको उक्त तथ्याङ्क अनुसार विराटनगरको पोखरिया मावि देशभरबाट पहिलो स्थानमा पर्न सफल भएको हो । 

    माध्यमिक शिक्षा परीक्षामा कम्तीमा १ सयभन्दा बढी विद्यार्थी सहभागी गराइ ३० प्रतिशतभन्दा बढी विद्यार्थीले औसत स्तरीकृत अङ्क (जीपीए) ३.२ वा सो भन्दा माथि प्राप्त गर्ने १५ सामुदायिक विद्यालय सार्वजनिक गरेको थियो । 

    पोखरिया माविबाट ३६० जना विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएर देशभरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट हुन सफल भएको हो । उक्त विद्यालयका ७४.४४ प्रतिशत विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएका हुन् । 

    यस्तै दोस्रो नम्बरमा कपिलवस्तुको जनता मावि पिपराबाट २८९ विद्यार्थी सहभागी गराएकामध्ये ६२.१७ प्रतिशत विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएका छन् । यस्तै तेस्रो नम्बरमा गरुडा बैरिया मावि रौतहट रहेको छ ।

    उक्त विद्यालयका १८८ विद्यार्थीमध्ये ६१.१७ प्रतिशतले ३.२ भन्दा बढी जीपीए ल्याएका छन् । देशभरका टप १५ मा पर्ने अन्य विद्यालयहरूमा सरस्वती मावि दिक्तेल खोटाङ, जुद्ध मावि गौर रौतहट, गुरु जजुर मावि रक्षाचौर दाङ, सरस्वती मावि पिपरा भलोहिया रौतहट, नारायण नमुना मावि भरतपुर चितवन रहेका छन् ।

    त्यस्तै  श्री अमरसिंह मावि रामघाट कास्की, बागिश्वरी मावि, तौलाछें टोल भक्तपुर, ज्ञानोदय मावि, पुरानो कालीमाटी, काठमाडौँ, आदर्श मावि विराटनगर, मोरङ, कालिका मानवज्ञान मावि बुटवल, रुपन्देही, कान्ति मावि बुटवल, रुपन्देही, कान्ति मावि बुटवल रुपन्देही र शान्ति नमुना मावि मणिग्राम रुपन्देही टप १५ मा  परेका छन् । 

    प्रकाशित मिति :जेठ १४ २०८१ सोमवार - ०६:१७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij