Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

एउटा व्यावसायिक समूहलाई सरप्राइज दिनेगरी कुनैपनि करका दरहरु हेरफेर हुँदैन : अर्थमन्त्री पुन

एउटा व्यावसायिक समूहलाई सरप्राइज दिनेगरी कुनैपनि करका दरहरु हेरफेर हुँदैन : अर्थमन्त्री पुन


  • 2.6K
    Shares

    एउटा व्यावसायिक समूहलाई सरप्राइज दिनेगरी कुनैपनि करका दरहरु हेरफेर हुँदैन : अर्थमन्त्री पुन
    images

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनैपनि करका दरहरुमा हेरफेर नगर्ने बताएका छन् । 

    मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल समिट २०२४ मा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । 

    उनले सरकारले बजेटमा राजश्वको विषयमा श्रृंखलावद्ध रुपमा छलफल गरी रहेको बताए । उनले राजश्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधित्व रहेकाले निजी क्षेत्रको मागलाई सकेसम्म सम्बोधन गर्ने बताए । 

    उनले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्नलाई कच्चा पदार्थ र तयारी वस्तुको दुई तहको भन्सार दर फरक बनाउने कुरामा सकारात्मक रहेको बताए । उनले विगतदेखि २० प्रतिशत महँगोमा पनि आन्तरिक (स्वदेशी) उत्पादन सरकारले खरिदमा गर्नुपर्ने नीतिगत सुधार गर्ने बताए । अर्थमन्त्री पुनले स्वदेशी उत्पादनलाई सरकारलाई आवश्यक वस्तुहरु खरिद गर्नुपर्ने माग सकारात्मक रहेको बताए ।

    उनले सरकारले नीतिमार्फत आगामी बजेटमा के सकिन्छ सकारात्मक रुपमा समेट्ने प्रतिवद्धता जनाए । उनले सरकारले वेब पोर्टल बनाएर स्वदेशी उत्पादन एकै ठाउँमा डिजिटल रुपमा हेर्नसक्ने प्रविधिमार्फत नेपाली उत्पादनलाई  तीनै तहका सरकारहरुले खरिद गर्ने व्यवस्था गरिने बताए । 

    उनले बजारमूल्य भन्दा बढी भएपनि स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्न आवश्यक रहेको बताए । उनले आगामी वर्षको बजेट स्वदेशी घरेलु उत्पादनहरुलाई प्रवर्द्धन गर्ने नीति र बजेटको व्यवस्था गरेर सरकारी कार्यालयहरुमा स्वदेशी उत्पादन मात्रै प्रयोग गर्ने नीति अपनाउने बताए । 

    अर्थमन्त्री पुनले सरकारले आर्थिक अपराधलाई पनि फौजादारी अपराधको रुपमा हेर्ने नीतिमा सुधार गरिने बताए । उनले राजश्व,बैंकिङ लगायत अन्य आर्थिक अपराधलाई हेर्ने निकायहरु फरक–फरक रहेको भन्दै त्यही अनुसार हुन आवश्यक रहेको बताए । 

    उनले सबै अपराधलाई फौजदारी अपराधका रुपमा राज्यले लिन नहुने भन्दै पछिल्लो समय त्यस्तो भइरहेको स्वीकार गरे । उनले आर्थिक अपराधलाई पनि फौजदारी अपराधको रुपमा लिएर व्यवसायीहरुलाई थुन्ने,बेइज्जत गर्ने काम भइरहेको भन्दै त्यस्तो गर्न नहुने संकेत गरे । 

    अर्थमन्त्री पुनले पछिल्लो समाय सामान्य आपसी लेनदेनमा पनि मिलेमतोमा पैसा लिने भन्दा पनि एक दिन भएपनि थुन्नुपर्छ भन्ने सामाजिक प्रवृत्ति बढेको बताए । उनले आर्थिक अपराधलाई समाधान गर्ने निकायहरु अन्तर्राष्ट्रिय रुपमा पनि फरक हुने बताए । 

    उनले सरकारले पनि व्यापार,उद्यम र व्यक्तिलाई सहज बनाउने भन्दा पनि सबैलाई फौजदारी अपराधतिर लैजाने खालका नीतिहरु रहेको बताए । उनले अब त्यस्ता नीतिहरुलाई सरकारले अन्तर्राष्ट्रिय नीति र अनुभव अनुसार परिमार्जन गर्ने उल्लेख गरे । 

    उनले देशभित्रै भविष्य छ भन्ने सन्देश युवा पुस्तालाई दिनेगरी बजेट निर्माण गर्ने बताए । अर्थमन्त्री पुनले समग्र निजी क्षेत्रलाई प्रवर्द्धन, प्रोत्साहन गरी मनोबल उच्च बनाउने गरी काम गर्ने विश्वास दिलाए । 

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - ०७:१६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij